एसईई अवधिभर दुर्गेश थापाले सांगीतिक कार्यक्रम नगर्ने

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता ६ चैत्र २०८१, बुधबार १२:३७

काठमाडाैँ । गायक तथा मोडल दुर्गेश थापाले एसईई परीक्षा अवधिभर सांगीतिक कार्यक्रम नगर्ने घोषणा गरेका छन् । बुधबार विज्ञप्ति जारी गरी गायक थापाले भाइबहिनीहरूको पढाइमा असर पर्ने सक्ने भन्दै एसईई परीक्षा अवधिभर सांगीतिक कार्यक्रम नगर्ने घोषणा गरेका हुन् । यस वर्षको एसईई परीक्षा ७ चैतदेखि सुरु हुँदै छ ।

गायक थापाले एसईई दिन लागेका सबै भाइबहिनीहरूलाई शुभकामना पनि दिएका छन् । ‘शिक्षा जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति हो । यतिबेला प्रिय भाइबहिनीहरू आफ्नो मिहिनेत, परिश्रम र सपनाले उज्जल भविष्यको बाटो कोर्दै हुनुहुन्छ । सबै जनालाई सफलताको धेरै शुभकामना । हजुरहरूको सफलता नै, मेरो सफलता हो,’ उनले भनेका छन् ।

गायक थापाले एसईई परीक्षा अवधिमा सञ्चालन हुने कार्यक्रमका लागि निम्तो नदिन पनि भनेका छन् । ‘यतिबेला मलाई धेरै मेला, महोत्सव तथा इभेन्टबाट कार्यक्रमका लागि कल आइरहेको छ । तर, यदि म कार्यक्रम गर्दै हिंडे भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ, ध्यान भंग गर्छ अनि भविष्यमा असर पार्न सक्छ ।’

यी कुरालाई मध्यनजर गर्दै एसईई परीक्षा अवधिभर मैले कुनै पनि कार्यक्रम नगर्ने घोषणा गर्दछु,ुउनले भनेका छन्, ‘साथै एसईई अवधिभर सञ्चालन हुने कार्यक्रमका लागि मलाई सम्पर्क नगरिदिनुहुन सम्पूर्णमा अनुरोध गर्दै यसबाट आयोजकलाई पर्न गएको असुविधा प्रति क्षमा चाहन्छु ।’

 

Next Post

सुर्खेतसहित सात जिल्लाका सीडीओ सरुवा

६ चैत्र २०८१, बुधबार १२:३७
सुर्खेत । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी १३ जनाको सरुवा गरेको छ। बुधबारको निर्णयअनुसार गृह मन्त्रालयलले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गर्दै सरुवा तथा पदस्थापनको सूची सार्वजनिक गरेको हो। उपसचिवबाट सहसचिवमा बढुवा भएका दिलकुमार तामाङ कपिलवस्तुको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन भएका छन्। त्यहाँ कार्यरत विश्वप्रकाश अर्याललाई गृह मन्त्रालयमा […]
April 2025
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930