२०८३ जेठ २० , बुधबार

जाजरकोट केन्द्रविन्दु भएर ३ मिनेटको फरकमा २ भूकम्प



सुर्खेत । जाजरकोटमा ३ मिनेटको फरकमा दुई भूकम्प गएका छन् । शुक्रबार राति ८ः०७ मा ५.२ म्याग्निच्युडको भूकम्प गएको ३ मिनेटमै ५.५ म्याग्निच्युडको अर्को भूकम्प गएको हो । भुकम्प कुशे गाउँपालिका पैक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का सुर्खेत, दैलेख, सल्यान, कालिकोट काठमाडौँ, चितवन तथा बाग्लुङ लगायतका जिल्लामा महसुस गरिएको छ । भूकम्प गएपछि नागरिकहरु सडकमा निस्किएका छन् । हिजाे (बिहीबार) साँझ ५ बजेर ४ मिनेटमा दार्चुलामा पनि भूकम्प गएकाे थियाे ।

जाजरकोट केन्द्रबिन्दु भएर भुकम्प

प्रकाशित मिति : २०८१ चैत २२ गते शुक्रबार