खबरदृष्टि समाचार प्रभाव

खबरदृष्टि समाचार प्रभाव : पुल निर्माणको काम सुरु, ठेकेदारले पाए २ करोड बढी रकम भुक्तानी

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता १ बैशाख २०८२, सोमबार ११:०१

सुर्खेत । करिब १ वर्षदेखि अलपत्र परेको सुर्खेतको भेरिगंगा नगरपालिका–२ स्थित छिन्चु खोलामा बन्न लागेको पक्की पुल निर्माणको काम अन्ततः सुरु हुने भएको छ । ठेकेदारले काम गरे वापतको रकम नपाएको भन्दै एक वर्षदेखि पुल निर्माण अलपत्र पाररेर छोडेका थिए । पुल निर्माणको जिम्मा लिएर अलपत्र पारेको सुचना खबरदृष्टिले प्राप्त गरेपछि उक्त विषयमा खबरदृष्टिले १६ चैत मा उपसभापति खड्काले तामझामले शिलान्यास गरेको पुल निर्माण अलपत्र शीर्षकमा समाचार प्रकाशन ग¥यो ।

याे हेर्नुहाेस् – उपसभापति खड्काले तामझामले शिलान्यास गरेको पुल निर्माण अलपत्र

उक्त समाचार प्रकाशन भएको १० दिनपछि पुल निर्माणको जिम्मा लिएका ठेकेदारले अन्ततः आफ्नो पाउनुपर्ने रकम सबै पाएका छन् । पुल निर्माणको जिम्मा पाएका ठेकेदार शेरबहादुर बुढाले आफुले करिब २ करोड ५९ लाख रकम पाएको जानकारी दिए । ‘मैले करिब २ करोड ५९ लाख रकम काम गरेको पाउन पर्ने थियो । त्यो रकम नपाउँदा काम रोकिएको थियो ।’

उनले खबरदृष्टिसँग भने, ‘अहिले उक्त रकम सबै पाइसकेको छु अब २ गतेदेखि निरन्तर असारसम्म काम गर्छु । बजेट आएमा पछिसम्म रफ्तारमा काम हुन्छ ।,’ यता, सडक डिभिजन कार्यालय सुर्खेका कार्यालय प्रमुख इन्जिनियर खुम बहादुर भण्डारीले पनि आफुहरुले ठेकेदारले पाउनुपर्ने २ करोड ५९ लाख रकम भुुक्तानी दिएको बताए । उक्त रकम खर्च नहुने शीर्षकबाट रकमान्तर गरेर दिएको बताए ।

प्रमुख भण्डारीले ठेकेदारले अब तत्कालै काम सुरु गर्ने आफुलाई बताएको जानकारी दिए । उनले काम सुरु भएपछि असारसम्म संघीय सरकारबाट रकम विनयिोजन हुने जानकारी आएको समेत बताए । अलपत्र परेको पुल भेरीगंगा १ र २ जोड्ने ९५ मिटर लम्बाईको हो ।  पुल श्री अन्जना–वाई.एसएस जे.भीले १७ करोड ७२ लाख ५८ हजार ९ सय ६४ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

कम्पनीले १५ फागुन २०७९ मा सम्झौता गरेर २०८२ वैशाख १५ गतेभित्र कार्य सम्पन्न गर्नुपर्ने समयावधि थियो । समयावधिमा काम सम्मपन्न नहुने भएपछि म्याद थप गर्ने तयारी गरेको प्रमुख भण्डारीको भनाइ छ । दुई वर्षमा पुलको भौतिक प्रगति हाल ३० प्रतिशत मात्रै छ । हालसम्म फिल्डमा पाइल र एउटा पिल्लर मात्रै ठडिएका छन् । हाल फिल्डमा पुल निर्माणकोे काम गत असारदेखि रोकिएको छ । २५ चैत २०७९ मा पुर्व उपप्रधान तथा रक्षामन्त्री तथा नेपाली काँग्रेसका उपसभापति पुर्ण बहादुर खड्काले तामझामका पुलको शिलान्यास गरेका थिए ।

पुल निर्माण नहुँदा यहाँका स्थानीयलाई निकै सास्ती भएको छ । पुल नबन्दा बर्षातको समयमा साविक लेकपराजुलका वडा नं १, २ र ३ नम्बर वडा पुरै संसारसंग विच्छेद हुने छ । साथै बर्खामा लेकपराजुलका विद्यार्थी सहज रुपमा विद्यालय जान सक्ने अवस्था समेत हुँदैन । भेरीगगा नगरपालिका–२ का वडाध्यक्ष चिरन्जीवी बुढाले छिन्चु खोलामा पुलको जिम्मा लिएका ठेकेदारले रकम पाउँदा पुल बन्छ भनेर केही अपेक्षा गरेको बताए । बर्खामा पानीको बहाव बढ्ने हुँदा मोटरसाइकल, गाडी केही पनि नचल्ने हुँदा पुल बनेमा स्थानीयलाई सहज हुने उनको भनाइ छ ।

उपसभापति खड्काले तामझामले शिलान्यास गरेको पुल निर्माण अलपत्र

Next Post

हुम्लामा स्काभेटर दुर्घटना हुँदा दुई जनाको मृत्यु

१ बैशाख २०८२, सोमबार ११:०१
हुम्ला । हुम्लाको दक्षिण भेगस्थित चङ्खेली गाउँपालिकामा गएराति स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चङ्खेली गाउँपालिका–२ का ४५ वर्षीय परबल कामी र स्काभेटर चालक सोही वडाका ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए । उनीहरू दुवैजनाको […]
April 2025
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930