जनार्दन शर्माको प्रश्न-सरकार यति गैरजिम्मेवार किन ?

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २३ बैशाख २०८२, मंगलवार १४:१८

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सांसदहरुले संसदमा उठाएका प्रश्नको जवाफ दिन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले सांसदहरुले उठाएका प्रश्नमा सरकार ग्म्भीर भएर जवाफ दिनुपर्ने माग गरेका हुन् ।

उनले सरकारालई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत सरकारलाई निर्देशन दिनुपर्ने माग गरे ।  नागरिकका प्रश्नमा सरकार समाधानतिर नगएको उनको आरोप छ ।  उनले भने, ‘नागरिकका प्रश्नमा सरकार समाधानतिर होइन, जवाफ पनि दिन तयार छैन ।

यो गैरजिम्मेवारी किन ? म सभामुख महोदयलाई भन्न र आग्रह गर्न चाहन्छु, की शुन्य समय शुन्यमा उडाउन हो भने बन्द गरौँ, होइन भने सरकारलाई गम्भीर भएर जवाफ दिन सभामुखमार्फत निर्देशनको माग गर्दछु ।’

Next Post

कोहलपुर-सुर्खेत प्रसारण लाइन विवाद समाधान गर्न ऊर्जा मन्त्री खड्काकाे निर्देशन

२३ बैशाख २०८२, मंगलवार १४:१८
सुर्खेत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनअन्तर्गत बाँकेको बानियाभार क्षेत्रमा देखिएको विवाद समाधान गर्न निर्देशन दिएका छन् । मन्त्री खड्काले आज आयोजना प्रमुख रविकुमार चौधरीलाई मन्त्रालयमा बोलाएर आयोजना विस्तारका क्रममा उक्त क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका हुन् । बाँकेको बैजनाथ गाउँपालिका–४ […]

सम्बन्धित समाचार

May 2025
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031