२०८३ जेठ १६ , शनिबार

कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्रको निरन्तरता



सुर्खेत । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि कर्णाली याक्सले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षक नियुक्त गरेको छ। कर्णालीले ज्ञानेन्द्रलाई दोस्रो सिजनका लागि निरन्तरता दिएको हो। दोस्रो सिजनको मिनि अक्सनअघि कर्णालीले प्रशिक्षक घोषणा गरेको हो।

नेपाल क्रिकेट संघ (क्यान) ले अगस्टमा मिनि अक्सन गर्दैछ भने नोभेम्बरमा दोस्रो सिजन आयोजनाको तयारी गरिरहेको छ। यो सिजन कर्णालीले सोमपाल कामी (मार्की), गुल्सन झा, विपिनप्रसाद शर्मा, अर्जुन घर्ती, नन्दन यादव, दीपेन्द्र रावत र युनिस विक्रम ठकुरीलाई रिटेन गरेको थियो।

यसअघि काठमाडौं गोर्खाजले राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईलाई प्रशिक्षक नियुक्त गरेको थियो। यसअघि काठमाडौं गोर्खाजले राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाईलाई प्रशिक्षक नियुक्त गरेको थियो।

प्रकाशित मिति : २०८२ असार ३० गते सोमबार