२०८३ मंसिर ५ , शुक्रबार

जुम्लामा सरकारी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक



जगदिश शाही

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–६ महतगाउँस्थित सडकखण्डमा सरकारी मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

शुक्रबार साँझ करिब ६ बजे जुम्ला बजारबाट तातोपानीतर्फ जाँदै गरेको क १ ब २७३ नम्बरको सरकारी मोटरसाइकलले चन्दननाथ नगरपालिका–७ निवासी अन्दाजी ४२ वर्षीय हेमबहादुर महतलाई ठक्कर दिएको हो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका महतलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगिएको थियो। उपचारका क्रममा साँझ ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको र उनको खोजतलास भइरहेको छ। ठक्कर दिने मोटरसाइकल भने जिल्ला प्रहरी कार्यालय, जुम्लाको नियन्त्रणमा रहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०८३ मंसिर ५ गते शुक्रबार