
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टी कार्यालय च्यासलमा पुगेका छन् । उनी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि च्यासल पुगेका हुन् ।
दुवै नेताबीच आज अपराह्न ४ बजेदेखि वान टु वान वार्ता तय गरिएको स्रोतले जनाएको छ । सोही अनुसार केहीबेरअघि पूर्वराष्ट्रपति भण्डारी पनि च्यासलस्थित पार्टी कार्यालयमा पुगिसकेकी छन् ।
प्रकाशित मिति : २०८२ साउन ४ गते आइतबार