सुर्खेत । लोकगायक पशुपति शर्मा स्याङ्जामा कार दुर्घटनामा परेका छन्। बुधबार दिउँसो स्याङ्जाको भीरकोट नगरपालिका–२ मा उनी सवार कार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
पोखराबाट वालिङ जाँदै गरेको ग १ च ४१७१ नम्बरको कार अनियन्त्रित भई कल्भर्टमा ठोक्किँदा दुर्घटना भएको हो। शर्मासहित चार जना कारमा सवार थिए।दुर्घटनामा कारमा सामान्य क्षति पुगेको र गायक शर्माको देब्रे हातको एउटा औँला भाँचिएको प्रहरीले जनाएको छ।
अन्य यात्रुहरू सामान्य रहेको छ। शर्मा सांगीतिक कार्यक्रममा सहभागी हुन स्याङ्जा पुगेका थिए। ‘म अगाडिको सिटमा थिएँ। कार घुम्तीमा अनियन्त्रित भएर नालीमा खस्यो। एउटा औँला भाँचिएको छ, अरू ठूलो चोट छैन,’ शर्माले भने, ‘अन्य व्यक्तिहरू पनि सामान्य नै हुनुहुन्छ।’
प्रकाशित मिति : २०८२ साउन २१ गते बुधबार