काठमाडौं। राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार प्राप्त गर्दै निर्वाचित बनेका हुन् । उनले २ सय १४ संघीय सांसद र ३ सय ५२ प्रदेश सांसदको मत पाएका हुन् । पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाएका हुन् ।
अर्का उम्मेदवार एमालेका सुवासचन्द्र नेम्वाङले १५ हजार ५१८ मत भार प्राप्त गरेका छन् । उनले ९६ संघीय सांसद र १ सय ६२ प्रदेश सांसदको मत पाएका हुन् । यस्तै राष्ट्रपतिमा निर्वाचित भएसँगै रामचन्द्र पौडेलको सुरक्षा बढाइएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि सुरक्षा व्यवस्था बढाएर बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । त्यस्तै, सेनाको एक टोली पनि पौडेलको सुरक्षाका लागि संसद भवनमा पुगेको छ ।