काठमाडौँ । पल शाहलाई उत्कृष्ट अभिनेताको अवार्डले सम्मान गरिएको छ । सोमबार राजधानीको रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रमकाबीच दुई वर्षको अवार्ड एकैपटक प्रदान गरिएको हो ।
तर अवार्ड समारोहमा उनी उपस्थित भने भएनन् । पूजा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइएकोमा उनी पनि कार्यक्रममा देखिइनन् । यस्तै चौथौं संस्करणको डिसिने अवार्ड २०७८ अन्तर्गत १३ बिद्यामा अवार्ड प्रदान गरिएको थियो ।
उक्त वर्षको अवार्डमा चलचित्र ‘म यस्तो गीत गाउँछु’ ले उत्कृष्ट चलचित्रसहित ६ विधामा अवार्ड प्राप्त गरेको छ । उत्कृष्ट चलचित्र सहित यसै चलचित्रबाट पल शाहले उत्कृष्ट अभिनेताको अवार्ड, सुदर्शन थापाले उत्कृष्ट निर्देशक, बनिष शाह र मिलन श्रेष्ठले उत्कृष्ट सम्पादक र अर्जुन पोखरेलले उत्कृष्ट संगीतकारको अवार्ड प्राप्त गरेका छन् ।
प्रकाशित मिति : २०८० असार १९ गते मंगलबार