२०८३ जेठ २५ , सोमबार

ओलीको दाबी ‘कोशी प्रदेशमा फेरि एमालेको नेतृत्वमा सरकार बन्छ’




काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा फेरि एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले सो दाबी गरेका हुन् ।

सत्ता गठबन्धनको अलोकतान्त्रिक र असंवैधाािनक क्रियाकलापका कारण कोशीमा अस्थिरता भएको बताउँदै अध्यक्ष ओलीले ५० सांसदसहित अब कोशी प्रदेशमा एमालेको सरकार बन्ने र सरकार मज्जाले चल्ने बताए ।

उनले हिजो हतियार उठाएर हिंडेको माओवादीले संविधान नमान्नु ठूलो विषय नभएको टिप्पणी गरे । तर कांग्रेसले गैरसंवैधानिक काम गर्दा आफू अचम्ममा परेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २०८० भदौ ८ गते शुक्रबार