चिसो बढेपछि दुई महिना विद्यालय बन्द

खबरदृष्टि सम्वाददाता १३ पुष २०८०, शुक्रबार ११:३७

डोल्पा । हिमाली जिल्ला डोल्पामा जाडो बढेसँगै २ महिना विद्यालय बन्द हुने भएको छ । अत्याधिक जाडो बढेपछि कर्मचारीलाई काम गर्न गाह्रो र पठनपाठनमा अप्ठ्यारो भएपछि पुस दोस्रो सातादेखि आगामी फागुन पहिलो हप्तासम्मका लागि जाडो बिदा दिने गरिएको छ ।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाभित्रका २९ ओटै सामुदायिक विद्यालयहरुमा दुई महिना जाडो बिदा दिने गरेको त्रिपुरासुन्दरी नगरपालिकाका शिक्षा शाखा प्रमुख भीम थापाले जानकारी दिए । जाडोमा विद्यालय सञ्चालन गर्दा विद्यार्थी बिरामी हुने भएकाले पठनपाठन बन्द गरिएको प्रमुख थापाको भनाइ छ ।

पालिकाले २ महिना जाडो बिदा दिने निर्णय गरेपछि नगरपालिकाभित्र कार्यरत शिक्षकहरु आफ्नो घरतर्फ लागेका छन् । उपल्लो डोल्पाका विद्यालयहरू चिसोको कारणले गर्दा मंसिरमै बन्द भइ सकेका छन् भने तल्लो डोल्पाका केही विद्यालयहरुमा वार्षिक परीक्षा चलिरहेको छ । परीक्षा सकिने बितिक्कै विद्यालयहरु बन्द हुनेछन् ।

डोल्पामा अत्याधिक हिउँ पर्ने र जाडो हुने भएपछि अधिकांश विद्यालयहरू पुस दोस्रो सातादेखि बन्द भै फागुन पहिलो साता देखि खुल्ने गर्छन् । चिसो बढेपछि उपल्लो डोल्पाका बासिन्दाहरु जाडो छल्न गाउँ नै खाली गरेर बेँसीतिर समेत झर्न थालेका छन् ।

Next Post

सुर्खेतको एक सब्जीमण्डीलाई पाँच लाख जरिवाना

१३ पुष २०८०, शुक्रबार ११:३७
सुर्खेत । नेपालगन्ज भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर प्याज ल्याएर नेपाल भित्र्याउने वीरेन्द्रनगर सुर्खेतको पूजा सब्जीमण्डीलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुरले पाँच लाख भन्दा बढी जरिवाना तिराएको छ । भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर आएको ट्रकमा अनुसन्धान गर्दा प्याज ल्याएको पाएपछि कारबाही गरेको राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख अनुसन्धान अधिकृत सुरेशराज […]
February 2024
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
26272829