डोरी तान खेलबाट कर्णालीलाई चिनाउनका लागि निरन्तर लागिरहेको छु : अध्यक्ष खत्री 

खबरदृष्टि सम्वाददाता २८ माघ २०८०, आईतवार १९:४९

सुर्खेत । राष्ट्रिय रेफ्री एवम् डोरी तान संघ सुर्खेतका अध्यक्ष बल बहादुर खत्रीले कर्णाली प्रदेशलाई डोरी तान खेलकुदबाट चिनाउनका लागि आफू निरन्तर लागिरहेको बताएका छन् । खबरदृष्टिसंग कुरा गर्दै उनले खेलाडीमा बढ्दो आकर्षण देखिएको हुँदा आफू यस खेलबाट कर्णालीलाई चिनाउनका लागि निरन्तर लागिरहेको बताएका हुन ।

‘म मनबाटै रात दिन नभनेर यो क्षेत्रमा लागेको छु, खेलाडीको आकर्षण पनि बढ्दो छ, अध्यक्ष खत्रीले भने ‘ स्थानीय, प्रदेश र केन्द्रको सहयोगबाट प्रयास गरेर अगाडि बढेका छौ ।’ उनले सुर्खेतका सबै पालिकामा डोरी तान संघ पालिका कार्यसमिति गठन गरेको समेत जानकारी दिए ।

डोरी तानले धेरै खेलाडीको मन जित्न सफल भएको उनको भनाइ छ । ‘ डोरी तान खेललाई केन्द्र, प्रदेश र स्थानीयले प्राथमिकता दिएको छ, यसले हामीलाई धेरै खुसी र हौसला मिलेको छ ।’ उनले भने । अध्यक्ष खत्रीले सरकारले अन्य खेल जस्तै यसलाई पनि प्राथमिकता दिनुपर्ने बताए ।

उनले यस खेललाई निरन्तर अगाडि बढाउनका लागि खेलाडी र कार्यसमितिले पनि निकै मेहनत गर्नुपर्ने बताए। ‘यो खेल पनि अरु खेल जस्तै बनाउने हो भने स्थानीय, प्रदेश र केन्द्र सरकारले पनि सहयोग गर्नुपर्छ अन्य साथीहरु पनि मनदेखि नै यसको लागि खट्नुपर्छ, यो खेल एकदिन अवश्य सफल खेलमा परिणत हुनेछ ।’ उनले भने ।

अध्यक्ष खत्रीले डोरी तान खेलका लागि भएका चुनौतीहरूलाई छिचोल्दै आफूहरु अगाडि बढिरहेको बताए । सुर्खेतलगायत अन्य जिल्लामा पनि यसको संगठन विस्तार र डोरी तान खेलहरु भइरहेको उनको भनाइ छ ।

साथै आगामी फागुन ७ गते हुने कर्णाली प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यो खेललाई पनि समावेश गरिएको उनले जानकारी दिए ।

Next Post

होटेल नमस्ते नेपाल (जियाना) सुर्खेतमा आगलागी, ३० लाख बराबरको क्षति

२८ माघ २०८०, आईतवार १९:४९
सुर्खेत । सुर्खेतको एक होटेलमा आगलागी भएको छ । सोमवार बिहान साढे १० बजेको समयमा खाना पकाउने क्रममा ग्याँस लिक भएर वीरेन्द्रनगर स्थित होटेल नमस्ते नेपाल (जियाना) मा आगलागी भएको हो । आगलागीबाट चुला, फ्रिज स्टिपलाइजर लगायत अन्य सामाग्रीहरू जलेर नष्ट भएको होटेलका म्यानेजर हेमराज रावतले जानकारी दिए । उनले […]
December 2024
M T W T F S S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031