२०८२ माघ १७ , शनिबार

कर्णालीले विराटनगरलाई दियो १६१ रनको लक्ष्य



सुर्खेत । विराटनगर किङ्सलाई कर्णाली याक्सले १६१ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ उत्रिएको कर्णालीले तीन विकेट गुमाएर १६० रन बनाएको हो। कर्णालीका लागि प्रियान्क पन्चालले सर्वाधिक ६३ रन बनाए। गुलशन झाले २०,माक्स वाट ६ रन बनाए भने विलियम बसिस्टोले ४८ र नजिबुल्लाह जर्दन १२ रनमा नटआउट रहे।

विराटनगरका लागि मर्चेन्ट दे लेन्गे र कप्तान सन्दिप लामिछानेले समान एक एक विकेट लिए। कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिगमा तीन खेलबाट दुई अंक जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अंक जोडेको छ। शुक्रबारको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ।

प्रकाशित मिति : २०८२ मंसिर १२ गते शुक्रबार