जन्ती बोकेको जीप दुर्घटना : दुई जनाको मृत्यु

खबरदृष्टि सम्वाददाता ७ फाल्गुन २०८०, सोमबार ०८:४४

काठमाडौँ । जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ गिरौनचोरमा बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप आइतबार राति साढे १२ बजे दुर्घटनाग्रस्त बनेको हो।

दुर्घटनामा तनहुँ, आँबुखैरेनी–६ छापस्वाँराका ७२ वर्षीय आशवीर गुरूङ र ब्यास नगरपालिका–९ गजौडेका १७ वर्षीया तुलसी गुरूङको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा डिएसपी मोहनबहादुर खाँडका अनुसार आशवीरको घटनास्थलमै र तुलशीको उपचारका क्रममा नयाँ मेडिकल कलेज भरतपुरमा सोमबार बिहान ३ः४० बजे मृत्यु भएको हो।

आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

अनियन्त्रित भई सडकबाट तल खसेको प्रारम्भिक अनुसन्धानमा देखिएको डिएसपी खाँडले बताए। दुर्घटनामा चालकसहित १६ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको आँबुखैरेनी अस्पताल तनहुँ र १० जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

Next Post

रास्वपाले भंग गर्‍यो कर्णाली प्रदेशका समिति र विभाग

७ फाल्गुन २०८०, सोमबार ०८:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशका सबै कमिटी र विभाग विघटन गरेको छ। आइतबार साँझ बसेको पार्टी सचिवालयको बैठकले कर्णाली प्रदेशका कमिटीहरु विघटन गरेको हो। कर्णाली प्रदेशका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गरी कर्णाली प्रदेशमा तीन महिने कर्णाली विशेष अभियान सञ्चालन गर्ने निर्णय गरिएको रास्वपाका […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031