
सुर्खेत । वीरेन्द्रनगरमा गुडिरहेको मोटरसाइकलमा आगलागी भएको छ वीरेन्द्रनगरस्थित ऐरीचोक नजिकै सुदुरपश्चिम प्रदेश ०१–००९ प ३९०३ नम्बरको चलिरहेको मोटरसाइकलमा सोमबार बिहान ११ बजे आगलागी भएको हो ।
दैलेख चामुन्डाका चालक योगेन्द्र शाहीले मोटरसाइकलमा पेट्रोल हालेर एरिचोकबाट तातापानीतर्फ जाँदै गरेको अवस्थामा मोटरसाइकलमा आगलागी भएको बताए ।
उनकाअनुसार वीरेन्द्रनगर नगरपलिकाको दमकलको सहायताले आगो निभाउन सफल भएपनी मोटरसाइकल जलेर पुर्ण रुपमा नष्ट भएको छ । यता जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक देवेन्द्रसि बुढाथोकीले विद्युतको तार शर्ट भएर मोटरसाइकलमा आगलागी भएको जानकारी दिए ।
प्रकाशित मिति : २०८० फागुन ७ गते सोमबार