सल्यान । सल्यानको शारदा नगरपालिका वडा नम्बर–३ का तत्कालीन अध्यक्ष टोपबहादुर थापाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । थापाले मृत्यु भइसकेका व्यक्तिका नाममा वृद्धभत्ता निकासा गरी आफैँले बुझिलिएको पाएपछि आज विशेष अदालतमा मुद्दा दायर भएको हो ।
थापाले मृत्यु भइसकेका व्यक्तिको नामको ५१ हजार रुपैयाँ लिएको खुलेको गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । तत्कालीन वडाध्यक्ष थापाविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम कसुरमा जरिबाना र कैद सजायको माग गरी आरोपपत्र दायर भएको छ ।
प्रकाशित मिति : २०८० फागुन ३० गते बुधबार