
सुर्खेत । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड कर्णाली प्रदेश कार्यालयले प्रदेशअन्तर्गतका शाखामा कार्यरत सम्पूर्ण फिल्ड कर्मचारीका लागि ‘ शाखा तथा फिल्ड व्यवस्थापन’सम्बन्धी क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । संस्थाले वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरेर फिल्ड कर्मचारीहरुका लागि एक दिने शाखा तथा फिल्ड व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न गरेको हो ।
संस्थाको शाखा कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीलाई लघुवित्त र यसको महत्व, संस्थाले समुदायस्तरमा प्रदान गर्दै आइरहेका वित्तीय तथा गैरवित्तीय कार्यक्रम, संस्थाको नीतिबमोजिम कसरी कार्यक्रम सञ्चालन तथा सेवा प्रवाह गर्ने, सरल, सुलभ र ग्राहक सदस्यमुखी सेवा प्रवाहका बारेमा तालिम दिइएको जनाइएको छ ।
संस्थाका कर्णाली प्रदेश प्रमुख सन्तोष कुमार चन्दले फिल्ड व्यवस्थापन, कर्जा तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम दिएका छन् भने भने कार्यक्रम अधिकृत सुरेश नेपालीले लघुवित्तको मूल मर्मअनुसार सदस्य मैत्री सेवाको कार्यन्वयन, कार्यालय संचालन प्रक्रिया, दैनिक कार्यसम्पादन प्रक्रिया, प्रशासनिक कागजपत्रहरुको व्यवस्थापन सम्बन्धि सहजीकरण गरेका थिए ।
कार्यक्रम अधिकृत नेपालीले कर्जा बिश्लेषण प्रकिृया, कर्जा सदुपयोगिताको महत्व र बचत व्यवस्थापन सम्बन्धि सहजीकरण गरेको प्रमुख चन्दले जानकारी दिए । उक्त तालिममा कर्णाली प्रदेशका सम्पुर्ण कार्यालयका शाखा प्रमुख र सम्पुर्ण कर्मचारीसहित ४८ जना कर्मचारीहरुको उपस्थितिमा रहेको थियो ।