२०८३ वैशाख १३ , आइतबार

गुर्भाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु



सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–१४ बस्ने वर्ष ३६ का धनराज सलामी रहेका छन् । घर नजिकै छिमेकीको घरको ढलान गर्न गएका सलामी शनिवार बिहान ९ः३० बजेको समयमा करेन्ट लागेर घाइते भएका थिए ।

उनलाई उपचारको लागि मेहलकुना अस्पताल पु¥याएकोमा अस्पतालले मृत्य घोषणा गरेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिए । हाल उनको शव पोस्टमार्टम गरी घर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत ३ गते शनिबार