
सुर्खेत । कालिकोटको खाँडाचक्र नगरपालिका–५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर घाइते भएका बाबु–छोरीलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि नेपाली सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको हो ।
शुक्रबार दिउँसो ३ बजेको समयमा गाउँ नजिकैको नवदुर्गा सामुदायिक वनमा लागेको आगो निभाउन गएका खाँडाचक्र–५ ढाड गाउँका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीय छोरी हेमन्ती चौलागाईं घाइते भएका थिए । उनीहरु वनमा बाख्रा चराउन जाँदा आगलागी भएको थियो । बाबु–छोरीको अवस्था जटिल रहेको प्रतिष्ठान जुम्लाले जनाएको छ ।
प्रकाशित मिति : २०८० चैत ३ गते शनिबार