२०८३ वैशाख १३ , आइतबार

बाघको आक्रमणबाट एकजना वृद्धको मृत्यु



सुर्खेत । बाघको आक्रमणबाट बाँकेमा एक जना वृद्धको ज्यान गएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको ढकेरीबाट तीन किलोमिटर पश्चिमतर्फको जंगलमा सल्यानको दार्मा गाउँपालिका-१ का ७१ वर्षीय नगेन्द्रप्रसाद शर्माको शव भेटिएको ढकेरीका प्रहरी बिट इन्चार्ज प्रहरी सहायक निरीक्षक जंगबहादुर एमसीले जानकारी दिए।

बिहान साढे ५ बजे मर्निङवक गर्दै कोहलपुर जाने क्रममा शर्मालाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रसनि एमसीले बताए। मृतक शर्मा ढकेरी नजिकै उडैन गाउँमा आफन्तको घरमा बस्दै आएका थिए।

प्रकाशित मिति : २०८० चैत ४ गते आइतबार