२०८३ वैशाख १३ , आइतबार

पूर्वसभामुख महरालाई तुरुन्तै कारवाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन



काठमाडौँ । सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेले आइतबार आइजी वसन्तबहादुर कुँवर र सिआइबीका एआइजी श्यामलाल ज्ञवालीलाई सिंहदरबारस्थित मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिएका हुन् ।

यसअघि महरासँग सुन तस्करी प्रकरणको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले बयानसमेत लिएको थियो । त्यसपछि उक्त आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही अनुसार कारबाही गर्न गृहमन्त्री लामिछानेले प्रहरीलाई निर्देशन दिएको बताइएको छ ।

लामिछानेले महरासहित तत्कालीन निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारवाही गर्न निर्देशन दिएका हुन्। सोही प्रकरणको लागि कांग्रेस सांसद् एवं व्यवशायी विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिन खोजेको बुझिएको छ।

प्रकाशित मिति : २०८० चैत ४ गते आइतबार