२०८३ वैशाख १३ , आइतबार

वीरेन्द्रनगरमा मानव कंकाल फेला



फाइल तस्बिर

सुर्खेत । वीरेन्द्रनगरको एक सामुदायिक जङ्गलमा मानव कंकाल फेला परेको छ । वीरेन्द्रनगर–१४ सिर्जनशिल सामुदायिक जङ्गलमा आइतवार मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । स्थानीयहरुले मानव शरीरको अस्थिरपञ्जर देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगतै प्रहरीको टोली उक्त स्थानमा पुगेको थियो । मानव कंकाल हेर्दा चार÷पाँच महिना पुरानो रहेको र कसको हो भन्ने पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी एवम् प्रहरी उपरीक्षक रुपेश खड्काले खबरदृष्टिलाई जानकारी दिए ।

उनकाअनुसार घटनास्थलबाट मुचुल्का गरी कंकाललाई प्रदेश अस्पताल सुर्खेतमा पठाएको छ । कंकाल महिलाको हो कि पुरूषको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८० चैत ४ गते आइतबार