सुर्खेत । रुकुमपश्चिमको बाफिकोट गाउँपालिका ४ छिनखेतमा पानीमा डुबेका एक बालकको मृत्यु भएको छ । छिनखेतको स्थानीयको घर पछाडि रहेको फोहोर पानी जम्मा हुने खाडलमा डुबेका बालकको उपचारको क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा दैलेख जिल्ला भगवतिमाइ गाउँपालका-५ घर भई हाल छिनखेतमा रहेको प्रभु बैंकमा कार्यरत कर्मचारी याम कुमारी थापाका ५ बर्षिय छोरा हिमेश थापा रहेको प्रहरी नायव उपरीक्षक नवराज पोखरेल जानकारी दिए ।
बुधवार सांझ खेल्ने क्रममा घर पछाडी रहेको फोहोर पानी जम्मा हुने खाडलमा बालक डुबेपछि स्थानीय र प्रहरीको सहयोगमा उद्दार गरी एम्बुलेन्समार्फत जिल्ला अस्पताल सल्ले पुर्याईएको थियो । अस्पताल पुर्याए लगतै बालक थापालाई अस्पतालले मृत घोषणा गरेको थियो ।
प्रकाशित मिति : २०८० चैत २९ गते बिहीबार