१९ दिनमा २२ वनमा आगलागी

खबरदृष्टि संवाददाता २९ चैत्र २०८०, बिहीबार १४:०७

रुकुम पश्चिम ।पछिल्लो समय रुकुम पश्चिमका विभिन्न स्थानमा दिनहुँजसो आगलागी हुने गरेको छ । आगलागीबाट सबैभन्दा बढी सामुदायिक वन क्षेत्रमा क्षती भएको बताईन्छ । डिभिजन वन कार्यालय रुकुम पश्चिमका अनुसार चैत महिनाको पहिलो सातापछि दिनहुँजसो आगलागीका घटनाहरु भईरहेका छन् ।

यस महिनाको पछिल्लो १९ दिनमा विभिन्न २२ स्थानमा आगलागी भएको डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारले जानकारी दिए । उनकाअनुसार गर्मियाम सुरु भएयता रुकुम पश्चिमका २७ वनमा आगलागी भएको छ । त्यसमध्य चैत महिनामा मात्रै २२ स्थानमा आगलागी भएको हो ।

पुरानो खर जलाएमा नयाँ घाँसको पालुवा पलाउने भन्ने गलत अभ्यास गाउँमा रहेको र बाटोमा हिड्ने बटुवाहरुले जथाभावि चुरोटको ठुँटाहरु फाल्दा आगलागीका घटना हुने गरेको बताईन्छ । आगलागीबाट करिब ५५० हेक्टर क्षेत्रफलमा लगाईएका विभिन्न प्रजातिका बोटबिरुवा क्षति भएको डिभिजन प्रमुख परियारले बताए ।

सबैभन्दा बढी जिल्ला सदरमुकाम रहेको मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाको क्षेत्रमा आगलागीका घटना भएका छन् । मुसीकोट र बाँफिकोटका १२र१२ वटा स्थानमा आगलागी भएको छ । त्यसैगरी सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाको वन क्षेत्रमा पनि आगलागीका घटना भएका छन् ।

डिभिजन वन कार्यालयको तथ्याङक अनुसार बढीमात्रामा सामुदायिक वन क्षेत्रमा आगलागी भएको छ भने केहि राष्ट्रिय वन र निजि खर क्षेत्रमा पनि आगलागी भएको छ । आगलागीबाट हालसम्म सात हजार बढी विभिन्न प्रजातिका बोटबिरुवाहरु नष्ट भएका छन् । नेपाल प्रहरी, नगर प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, डिभिजन वन कार्यालयका कर्मचारीहरु, वनका उपभोक्ताहरु मिलेर आगलानी नियन्त्रणमा लिने गरिएको छ ।

सानीभेरी गाउँपालिका –३ को गुमाखोला सिम्तारा सामुदायिक वन क्षेत्रमा फैलिएको आगो भने तीन दिनसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । यस क्षेत्रबाट मौराखारा वन क्षेत्रमा आगो फैलिएकोले सतर्क रहन र आफ्नो धनमालको सुरक्षा गर्न डिभिजन वन कार्यालयले अनुरोध गरेको छ । वन डढेलो अत्यन्तै ठुलो भएकोले डिभिजन वनका कर्मचारी, प्रहरी र स्थानीयवासी समेतले प्रयास गर्दा पनि नियन्त्रण गर्न नसकिएको बताईएको छ ।

Next Post

कर्णालीमा अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि अभियान

२९ चैत्र २०८०, बिहीबार १४:०७
सुर्खेत । कर्णाली प्रदेशमा अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि अभियान सञ्चालन गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेशले फ्रिडम फोरम नेपालसँगकोे सहकार्यमा अभियान सञ्चालन गरेको हो। संविधानमा व्यवस्था भएका मौलिक हकबारे अभियान मार्फत जानकारी गराउँन प्रदेश स्तरीय कार्य समूह पनि गठन भएको छ। आयोग कर्णाली प्रदेशका प्रमुख लोकनाथ बास्तोलाले अभिव्यक्ति […]

सम्बन्धित समाचार

February 2025
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
2425262728