२०८३ वैशाख १५ , मंगलबार

च्याउ टिप्न गएका ३ बालक डढेलोमा परेर घाइते



फाइल तस्बिर

डोल्पा । सामुदायिक वनमा लागेको डढेलोमा परेर तीन जना बालक गम्भीर घाइते भएका छन् । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेका डढेलोमा परेर तीन जना बालक घाइते भएका हुन् ।

च्याउ टिप्न गएका १२, १३ र १० वर्षका तीन बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । दिउँसो घर नजिकै रहेको सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरु डढेलोमा परेका थिए । गम्भीर घाइते उनीहरुलाई जिल्ला अस्पताल, दुनै ल्याइएको थियो ।

दुनैमा थप उपचार सम्भव नहुने भएपनि हेलिकोप्टरमार्फत उद्दार गरेर नेपालगञ्ज पठाउनले तयारी गरिएको छ । तर, मौसमका कारण हेलिकोप्टर अवतरण गर्न समस्या भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत २९ गते बिहीबार