
सुर्खेत । मरेको भेडाको मासु खादाँ जुम्लामा एकै परिवारका ६ जना बिरामी परेका छन् । गुठिचौर गाउँपालिका–४ थामबाडामा जंगली विष खाएर मरेको भेडाको मासु खाँदा स्थानीय विष्णबहादुर अधिकारीको परिवारका सदस्यहरू बिरामी भएका हुन् ।
बिरामी हुनेमा ४० वर्षिय विष्णबहादुर, उनकी श्रीमती कमलदेवी, छोरा सुर्य, छोरीहरू सुक्ष्मा र सावित्री तथा ज्वाइँ राजेश खत्री छन् । उनीहरूले बुधबार बिहानको खानामा भेडाको मासु खाएको आफन्त श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
अहिले उनीहरू सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपचार भइरहेको अस्पतालका निर्देशक डा. पुजन रोकायाले बताए ।
प्रकाशित मिति : २०८० चैत २९ गते बिहीबार