२०८३ वैशाख १५ , मंगलबार

भेरी नदीमा डुबेर शिवालयका एक युवा बेपत्ता



सुर्खेत । भेरी नदीमा नुहाउन गएका जाजरकोटका एक युवा बेपत्ता भएका छन् । जाजरकोटको शिवालय गाउँपालिका- ३ सिमाका २४ वर्षीय कमल बुढा भेरी नदीमा डुबेर बेपत्ता भएका हुन् ।

बिहीबार दिउँसो रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ मा पर्ने भेरी नदीमा नुहाउन गएका बुढा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक एवम् डिएसपी नवराज पोखरेलले जानकारी दिए ।

उनकाअनुसार चौरजहारी नगरपालिका –३ टाटागाउँमा निर्माणाधीन ५० शय्याको रुकुम चौरजहारी अस्पतालमा मजदुरी गर्ने बुढा नुहाउनको लागि दिउँसो भेरी नदीमा गएका थिए ।

बुढा भेरी नदीमा बेपत्ता भएको सूचना प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय चौरजहारीबाट खोजतलासको लागि प्रहरी टोली घटनास्थल पठाइएको डिएसपी पोखरेलले बताए । स्थानीयवासी र प्रहरीले बेपत्ता बुढाको खोज कार्य जारी राखेका छन् ।

प्रकाशित मिति : २०८० चैत २९ गते बिहीबार