अबदेखि वीरेन्द्रनगरमा पनि पठाओको सेवा

खबरदृष्टि सम्वाददाता १ बैशाख २०८१, शनिबार २०:०२
फाइल तस्बिर

सुर्खेत । कर्णाली प्रदेशको वीरेन्द्रनगरमा राइड शेयरिङ कम्पनी पठाओको ‘बाइक राइड’ सेवा विस्तार गरिएको छ । नयाँ वर्ष २०८१ को अवसर पारी शनिवारदेखि कर्णाली प्रदेशको वीरेन्द्रनगरसहित सातै प्रदेशका १८ सहरमा पठाओको ‘बाइक राइड’ सेवा विस्तार गरिएको हो ।

यसअघि काठमाडौं उपत्यका र चितवनमा सीमित सेवालाई नयाँ वर्ष २०८१ को अवसर पारी शनिवारदेखि सातै प्रदेशमा विस्तार गरिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए । उनले स्वरोजगार सिर्जना र जनजीवन सहज बनाउँदै काठमाडौं उपत्यकामा लोकप्रिय रहेको पठाओलाई देशभर फैलाउन पाउँदा आफूहरु उत्साहित भएको बताए ।

बस्न्यातका अनुसार कोशी प्रदेशका नौ सहरहरू विराटनगर, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा पठाओको सेवा विस्तार भएको छ । त्यस्तै मधेस प्रदेशको वीरगञ्ज र जनकपुरसँगै देशकै पर्यटकीय राजधानी गण्डकी प्रदेशको पोखरामा पनि पठाओको सेवा सुरु भएको छ ।

लुम्बिनी प्रदेशको बुटवल, नेपालगञ्ज र भैरहवा सुदूरपश्चिम प्रदेशकोमा समेत सेवा विस्तार गरिएको बस्न्यातले बताए । भविष्यमा अन्य नयाँ सहरमा पनि सेवा विस्तार गर्ने कम्पनीको योजना छ । नजिकैको एक सहरबाट अर्को सहरमा जान इन्टर–सिटी बुकिङ समेत गर्न मिल्ने गरी पठाओको सेवा विस्तार भएको बताइएको छ ।

कागजी प्रक्रिया पूरा गरेर अनलाइनमार्फत तालिम लिएपछि राइडर बनेर सेवा प्रदान गर्न सकिने बस्न्यताले बताए ।

Next Post

बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चल्यो

१ बैशाख २०८१, शनिबार २०:०२
काठमाडौँ । बलिउड अभिनेता सलमान खानको घर बाहिर आइतबार गोली चलेको छ । मुम्बईको बान्द्रास्थित गैलेक्सी अपार्टमेन्ट अगाडी गोली प्रहार भएको थियो । ग्यालेक्सी अपार्टमेन्ट अगाडि दुई मोटरसाइकल सवारले ४ राउण्ड फायर गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । गोली चलेपछि घरको सुरक्षा बढाइएको बताइएको छ । गोली चल्दा सलमान […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031