जाजरकोट । जाजरकोटमा नक्कली नोट सहित एक महिला पक्राउ परेकी छन । छेडागाड नगरपालिका–५ थलह बजारबाट नेपाली एक हजार दरका १८ थान नक्कली नोटसहित सोमबार छेडागाड नगरपालिका–१० काफ्ला बस्ने ३२ वर्षीया बिपना बुढा पक्राउ परेकी हुन् ।
इलाका प्रहरी कार्यालय बडाबनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले बताएको छ । प्रहरीले उनको साथमा राखेको उक्त नोट बरामद गरेको छ । यस सम्बन्धमो थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ वैशाख २५ गते मंगलबार