सुर्खेत । जाजरकोटमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । भेरी नगरपालिका–१ खहरेपाखा की ५१ वर्षीया पानमता सुनारको मृत्यु भएको हो ।
बुधबार घर नजिकैको जंगलमा घाँस काट्न गएको उनी भिरबाट लडेर घाइते भएकी थिइन् । घाइते उनको जिल्ला अस्पताल जाजरकोटमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८१ असार ७ गते बिहीबार