पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर : नौ महिना कैद, ६९ लाख जरिवाना

खबरदृष्टि सम्वाददाता १३ श्रावण २०८१, आईतवार १९:४८

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको अदालतका सहप्रवक्ता गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार अदालतले पूर्वमन्त्री जोशीलाई दोषी ठहर गर्दै नौ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको छ । यसअघि विशेष अदालतले जोशीलाई गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै डेढ वर्ष कैद र दुई करोड १६ लाख १४ हजार तीन सय ७६ जरिवाना हुने फैसला सुनाइएको थियो ।

विशेष अदालतकोे उक्त फैसलाविरुद्ध जोशीले ०६९ साल फागुनमा सर्वोच्चमा पुनरावेदन दायर गरेका थिए । अदालतले भ्रष्टाचारकै मुद्दामा ताराराज पाण्डे र वासुदेव पन्तलाई भने सफाइ दिएको छ ।

Next Post

वीरेन्द्रनगरकाे समौजीघाटमा सुविधासहितको विश्रामस्थल निर्माण

१३ श्रावण २०८१, आईतवार १९:४८
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–११ स्थित समौजीघाटमा क्रियापुत्री बस्ने सुविधासहितको विश्रामस्थल निर्माण गरिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन सुर्खेतले सहिद मनोज−झपेन्द्र−सुरेन्द्र स्मृति विश्रामस्थल ८ लाख १७ हजारमा निर्माण गरेको हो । गत वैशाख ७ गते स्थापना दिवसको अवसरमा शिलान्यास गरिएको विश्रामस्थलको आइतबार सङ्गठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले उद्घाटन […]

सम्बन्धित समाचार

March 2025
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31