कर्णालीमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अनिश्चित

स्थान नै सार्ने दाउमा खेलकुद मन्त्री

खबरदृष्टि सम्वाददाता ९ आश्विन २०८१, बुधबार ०९:१३
कर्णाली प्रदेश रङ्गशाला, तस्वीर : सुरेश आचार्य/रासस

कुलेन्द्र शाही, सुर्खेत

आगामी मङ्सिर २ देखि ९ गतेसम्म हुने भनिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न धूमधामले तयारी थालिएको छ । २० मङ्सिर ०७८ मा पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले शिलान्यास गरेको रङ्गशालाको काम यति बेला अन्तिम चरणमा छ । काम सकिने अन्तिम तयारी गर्दै गर्दा विभिन्न कारण देखाउँदै मङ्सिरमा हुने भनिएको दशौँ राष्ट्रिय प्रतियोगिताको मिति र सम्भव भएसम्म स्थानसमेत सार्ने प्रपञ्च भइरहेको छ ।

यसमा केन्द्रीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको प्रत्यक्ष संलग्नता देखिएको छ ।मन्त्री चौधरीले वीरेन्द्रनगरस्थित निर्माणाधीन रङ्गशालाको दैनिक कार्य प्रगति हेर्न काठमाडौँबाट इन्जिनियर नै खटाएका छन् । असोज मसान्तसम्म निर्माण सम्पन्न हुने, रङ्गशालाका कारण प्रतियोगिता नरोकिने र दैनिक कार्यप्रतिको रिपोर्टिङ प्रदेश खेलकुद विकास परिषद्ले गर्दा पनि चौधरीले कर्मचारी खटाएका छन् ।

जबकि उक्त रङ्गशाला केन्द्रले नभई प्रदेश सरकारले बनाइरहेको हो । काठमाडौँबाट आएका इन्जिनियरले १५ दिन सुर्खेतमा बसेर दैनिक कार्यप्रतिको रिपोर्ट हेर्दा दसैँसम्म रङ्गशालाको काम सम्पन्न भइसक्ने बताएका थिए । तर, ३० दिन बितिसक्दापनि मन्त्री चौधरीले प्रतियोगिता तोकिएकै समयमा हुनुपर्ने बताउनुको साटो अध्ययनबिनै होटेल बासका लागि ठाउँ नभएको भन्न थालेका छन् । चौधरीले बासका लागि ठाउँ नभएको भ्रम छर्दै प्रतियोगिता पछाडि धकेल्न षड्यन्त्र रच्ने काम गरिरहेको प्रदेश खेलकुद विकास परिषद्को भनाइ छ ।

खेलकुद विकास परिषद् तोकिएकै मितिमा प्रतियोगिता हुने दाबी गर्छ भने मन्त्री चौधरी विभिन्न कारण देखाउँदै तोकिएको मितिमा प्रतियोगिता नहुने भ्रम छर्दैछन् । सोमबार मन्त्री चौधरीले प्रतियोगिताको नयाँ मिति समेत घोषणा गरिसकेका छन् । उनले कर्णालीमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुन महिनासम्म सञ्चालन गर्ने बताएका छन् । सप्तरीको राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा विभिन्न कार्यालय प्रमुखहरूसँगको छलफलमा भौतिक पूर्वाधार निर्माणको क्रममा रहेकाले प्रतियोगिता निर्धारित मितिमा गर्न नसक्ने उनको भनाइ छ ।

तर, खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्जाल भने पूर्वाधारको काम असोजको अन्तिमसम्म सक्ने दाबी गर्छन् । उनी मंसिरमै प्रतियोगिता हुनुपर्नेमा दृढ छन्। खेल पूर्वाधारले प्रतियोगिताको मिति सार्नुपर्ने अवस्था नभएको उनको भनाइ छ । यता प्रतियोगिता सार्नकै लागि मन्त्री चौधरीले विभिन्न समस्याहरू देखाउँदै तोकिएको समयमा खेलकुद हुन नदिने ध्याउन्नमा छन् कहिले कर्णालीमा अतिथिहरूको चाप धेरै हुने हुँदा होटेलको अभाव देखाउँछन् त कहिले पूर्वाधार ।

त्यति मात्रै होइन सोमबार मन्त्री चौधरीले मङ्सिरमा जाडो हुने भएकोले प्रतियोगिता तोकिएको मितिमा नहुने घोषणा समेत गरे । ‘१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिरमा सञ्चालन गर्ने तय गरेका थियौँ, तर पूर्वाधार निर्माणमा अपेक्षित प्रगति नभएपछि अब यो फागुनमा गर्नेछौँ,’ उनले भने। खेलाडीहरूलाई तयारीमा जुट्न आग्रह गर्दै उनले कर्णाली प्रदेशमा मङ्सिर, पुस र माघ महिनामा अत्यधिक जाडो हुने भएकाले फागुनमा प्रतियोगिता आयोजना गर्ने योजना बनाइएको स्पष्ट पारे ।

मन्त्री चौधरीले चिसो मौसममा बसोबासको समस्या हुने भएकाले फागुनमा चिसो कम हुने भएकोले उक्त समयमा प्रतियोगिता आयोजना गर्ने बताएका छन् । ‘अहिलेकै अवस्थामा प्रतियोगिता गर्ने अवस्था छैन,’ उनले थपे । उनले प्रतियोगिताको मिति तोकिएपछि कर्णालीमा छुट्टै तरङ्ग पैदा भएको र मन्त्री चौधरीको व्यापक रूपमा आलोचना समेत भएको छ । कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबारे आफ्नो कुनै पनि तर्क नभएको बताउँछन् ।

‘हाम्रो भन्दा पनि केन्द्रले के गर्छ भन्ने कुरा हो, किनकि आयोजक केन्द्र सरकार हो । केन्द्रले फागुनमा भन्छ फागुनमै हुन्छ, मङ्सिर मा भन्छ मंसिरमै हुन्छ,’ उनी भन्छन् । मन्त्री भण्डारीले प्रदेश सरकारले मितिका बारेमा केही भन्न नसक्ने बताए । २०७९ कात्तिक २ गते पोखरामा बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले दशौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना हुने निर्णय गरेको थियो । यो समाचार आजको सिद्धदर्शन दैनिकमा प्रकाशित छ ।

Next Post

स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता आह्वान

९ आश्विन २०८१, बुधबार ०९:१३
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गरेको छ। निर्वाचन आयोगले बुधबार सूचना प्रकाशित गर्दै बिहीबारदेखि असोज १६ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको हो। निर्वाचन आयोगले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐनको दफा ४ अनुसार दल दर्ता आह्वान गरेको बताएको छ। स्थानीय तहको […]

सम्बन्धित समाचार

October 2024
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031