२०८३ वैशाख १३ , आइतबार

बुद्धभूमि मानवसेवा आश्रमबाट एक बालकको उद्धार



सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित बुद्धभूमि मानव सेवा आश्रमबाट प्रहरीले एक बालकलाई उद्धार गरेको छ । बालक करिब दुई हप्तादेखि आश्रमको कोठामा थुनेको अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरीले छानबिन प्रक्रिया थालेको थियो ।

प्रहरी र दर्शन खबर डटकमका प्रतिनिधिहरूले संयुक्त रूपमा घटनास्थलमा पुगेर उक्त बालकलाई सुरक्षित अवस्थामा उद्धार गरेको मानव सेवा आश्रम सुर्खेत शाखाका संयोजक सुजन गौतमले जानकारी दिए ।

उनकाअनुसार उद्धार गरिएका बालकलाई मानव सेवा आश्रम सुर्खेत शाखामा प्रवेश गराइएको छ । उद्धार गरिएको बालकको अवस्था अहिले सामान्य रहेको संयोजक गौतमको भनाइ छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २२ गते बिहीबार