२०८२ माघ १७ , शनिबार

प्रहरीबाट दीपेन्द्रले किन दिए राजीनामा ?



दीपेन्द्र सिंह ऐरी – Online Khabar

दीपेन्द्रसिंह ऐरी

काठमाडौं । नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले प्रहरीबाट राजीनामा दिएका छन् । प्रहरी सहायक हवल्दार पदमा रहेका उनले केही दिनअघि राजीनमा दिएका हुन् । दीपेन्द्रको राजीनामा स्विकृत भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले बताए ।

राजीनामा पत्रमा दीपेन्द्रले घरायसी कारण देखाएका छन् । उनले खेलकुद क्षेत्रमा आफ्नो करियरमा ध्यान केन्द्रित गर्न र पारिवारिक जिम्मेवारी पूरा गर्न यो निर्णय गरेको बुझिएको छ । प्रहरीका ऐरी सहायक हवल्दारको रूपमा कार्यरत थिए ।

चीनमा सम्पन्न १९ औ एसियन गेन्समा क्रिकेटको टि २० तर्फ ६ छक्का हानेर विश्व रेकर्ड कायम गरेपछि विशेष बढुवा उनले प्रहरी जवानबाट सहायक हवलदारमा विशेष प्रभाव पाएका थिए । उनले २०८० असोजमा बढुवा पाएका थिए ।

प्रकाशित मिति : २०८२ असार ११ गते बुधबार