२०८३ जेठ १९ , मंगलबार

जेसिस २०२३ को अध्यक्षमा ढुंगाना



“एक पोस्ट, एक व्यक्ति, एक वर्ष ” विधिलाई अङ्गीकार गर्ने अन्तराष्ट्रिय संस्था जेसीस अन्तर्गत संचालनमा रहेको सुर्खेतको बीरेंद्रनागर जेसीजले आफ्नो ४४ औँ शाखा अधिवेशन तथा बार्षिक साधरण सभा २०७९ संम्पन्न गरेको छ ।

शनिबार सम्पन्न उक्त अधिवेशनले जेसी डिल्लु प्रसाद ढुंगानाको अध्यक्षतामा सन् 2023 का लागि पदाधिकारी चयन गरेको हो । उक्त साधारण सभाले जेसी महेन्द्र कुमार थापा र जेसी दुर्गा प्रसाद शर्मालाई कार्यकारणी उपाध्यक्ष चयन गरेको छ ।

यस्तै, उपाध्यक्ष हरुमा जेसी प्रेम बिक्रम शाही, जेसी टिकाराम आचार्य, जेसी प्रकाश खड्का, जेसी जनक बुढा सर्बसम्मत चयन भएका छन् । कार्यक्रममा नब निर्बाचित अध्यक्ष ढुंगानाले आफुलाई बिस्वास गरेर बीरेन्द्रनगर जेसिस २०२३ को नेतृत्व सुम्पिनु भएकोमा धन्यवाद दिदै आफ्नो कार्यकलमा सुचना र सन्देश मूलक कार्यक्रमबाट नागरबासि लाई जेसिस को बारेमा सुसुचित बनाउने बताएका छन ।

प्रकाशित मिति : २०७९ पुस १६ गते शनिबार