२०८३ असार १४ , आइतबार

एकेडेमीको अध्यक्षमा सुरज थापा



मंसिर ८, सुर्खेत
मदन भण्डारी स्पोर्टस एकेडेमी सुर्खेतको जिल्ला कमिटी गठन गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल र मदन भण्डारी स्पोर्टस एकेडेमीका केन्द्रीय उपाध्यक्ष धुर्ब आचार्यको समुपस्थितिमा गठन गरिएको कमिटीको अध्यक्षमा विध्यार्थी नेता सुरज थापा र उपाध्यक्षमा टेकराज आचार्य छन् ।
यस्तै, कमिटीको सचिवमा प्रभात पोखरेल, सहसचिवमा घनश्याम बस्नेत, कोषाध्यक्षमा निशान पाण्डे चयन भएको एकेडेमीका प्रदेश अध्यक्ष तेजविक्रम वस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ मंसिर ८ गते सोमबार