
चैत २६, सुर्खेत
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । बजेडीचौरमा रहेको भानु माध्यामिक बिद्यालयमा शुरुभएको प्रतियोगितामा जिल्लाभरका ७६ विद्यालयका करिब १ सय २ सय खेलाडीले सहभागिता जनाएका छन ।
प्रतियोगिताको विहीवार एक समारोहका बिच प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले उद्घाटन गरेका छन् । प्रदेश प्रमुख कलौनीले कक्षा अक्षरबाट मात्रै आर्जन नभई अतिरिक्त क्रियाकलापबाट पनि गरिने शिक्षाले विद्यार्थीको भविष्य उज्वल बनाउने बताए । उनले
विद्यार्थीको क्षमता बृद्धिका लागि यस प्रकारका प्रतियोगिता अति आवश्यक रहेको औलाएका थिए ।
प्रतियोगितामा भलिबल, एथलेटिक्स, मार्सलआर्ट लगायत ६ खेलका विभिन्न स्पर्धामा खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् ।
जिल्ला खेलकुद विकास समितिको आयोजना र सिम्ता गाउँपालिकाको सहआयोजनामा प्रतियोगिता संचालन गरिएको हो । यो प्रतियोगिताबाट प्रदेस स्तरिय प्रतियोगिताका लागि खेलाडीहरु छनोट गरिने छ । प्रतियोगिता आगामी शनिबारसम्म चल्नेछ ।
उक्त कार्यक्रम जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड व्यवस्थापन निर्देशन समितिका संयोजक तथा जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलको अध्यक्षतामा सम्पन्न भएको हो ।