२०८३ वैशाख १३ , आइतबार

मुलपानी नजिकै बस दुर्घटना : दुई जनाको मृत्यु



सुर्खेत ।  सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । शनिबार दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका आउँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका स्थित मुलपानी बनस्पति कार्यालय नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–६ बस्ने वर्ष ३१ की सुमित्रा सुनार र सल्यान त्रिवेणी गाउँपालिका–६ बस्ने वर्ष ४० अनिता बोहरा रहेकी छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

उनले दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल तुलसीपुर दाङ पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २०८० असोज २० गते शनिबार