२०८३ वैशाख १३ , आइतबार

सिमकोट दुर्घटना  : घाइतेको हेलिकप्टरमार्फत उद्धार



हुम्ला । हुम्लाको सिमकोटमा बोलेरो जिप दुर्घटनामा परी घाइते भएका ९ जनामध्ये तीन जनालाई थप उपचारका लागि जिल्ला बाहिर लगिएको छ । उनीहरुको अवस्था गम्भीर देखिएपछि जिल्ला अस्पतालले जिल्ला बाहिर रिफर गरेलगत्तै नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला बाहिर सुविधा सम्पन्न अस्पतालमा लगिएको जिल्ला अस्पताल हुम्लाकी अनमि सरिता बोहोराले बताइन् ।

दुर्घटनामा घाइते भएका सिमकोट गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पामा लामा, वडा नं २ का वडा अध्यक्ष देवजंग बोहोरा र सिमकोट गाउँपालिका वडा नं ४ का स्थानीय धुर्व शाहीलाई थप उपचारका लागि जिल्ला बाहिर लगिएको छ ।

आइतबार बिहान ११ बजे सिमकोटबाट ठहेमा जाँदै गरेको बा २१ च ७३५३ नम्बरको बोलेरो जिप सदरमुकाम सिमकोटको मानसरोवर माध्यमिक विद्यालय नजिकै दुर्घटना भएको थियो । ९ जनामध्ये मालती भण्डारी, योजना ऐडी, मुटुब लामा, बास बहादुर भण्डारी, सन्देश भण्डारीको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८० असोज २१ गते आइतबार