सुर्खेत । तिला नदीमा खसेर एकजना युवक बेपत्ता भएका छन् । कालिकोटको तिलागुफा नगरपालिका–९ का २१ वर्षिय अर्जुन उपाध्याय तिला नदीमा खसेर बेपत्ता भएका हुन् ।
बाँकेको कोहलपुरदेखि दसैँ मनाउन जन्म घर चिलखाया जाँदै गर्दा राजमार्ग स्थित भैसिगौँडा पुलको छेउबाट चिप्लिएर बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेपत्ता भएका अर्जुनको खोजिकार्य चलिरहेको छ ।
प्रकाशित मिति : २०८० असोज २९ गते सोमबार