२०८३ वैशाख १३ , आइतबार

भेरीगंगा–१० मा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक



सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–१० ले दसैँ तिहारको समयमा जुवातास र मदिराजन्य पेय पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । सोमवार वडाले एक सूचना जारी गर्दै वडामा जुवातास र मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको हो ।

वडाध्यक्ष वीर बहादुर बस्नेतद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ‘चाडबाडमा जुवातास नखेल्न तथा चाडपर्वमा मदिराजन्य पेय पदार्थ बिक्री वितरण नगर्न र नगराउनु हुन् अनुरोध गर्दछौ, यदि त्यस्तो गरेको पाइएमा जुवातास खेल्ने/खेलाउने तथा मदिराजन्य पेय पदार्थ बिक्री वितरण गर्ने/गराउने दुबैलाई प्रचलित कानुन अनुसार कारबाही गरिने छ ।’

साथै यस्ता गतिविधि भएको सूचना दिने व्यक्तिलाई उचित पुरस्कारको व्यवस्था गरिएको र सूचना दिने व्यक्तिको नाम गोप्य राखिने समेत सूचनामा उल्लेख गरिएको छ ।

No description available.

प्रकाशित मिति : २०८० असोज २९ गते सोमबार