२०८३ वैशाख १३ , आइतबार

आइतबारदेखि बेपत्ता बस्नेतको शव फेला



सुर्खेत । जाजरकोटको भेरी नगरपालिका वडा नं १२ सालबिसौना जंगलमा एक जना मृत अवस्थामा फेला परेका छन् । भेरी नगरपालिका वडा नं १२ धायराका अन्दाजी ३५ वर्षीय इन्द्रबहादुर बस्नेतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

आइतबारबाट सम्पर्कविहीन भएका बस्नेतको शव सालबिसौना जंगलमा भिरबाट अन्दाजी १००/ १५० मिटर तल खसेको अवस्थामा स्थानीयले फेला पारेर प्रहरीलाई खबर गरेका थिए । स्थानीयले खबर गरेलगत्तै कुदु चौकीबाट प्रहरी नायव निरीक्षक रामसिंह धामीको कमाण्डमा टोली घटनास्थल सुरक्षार्थ खटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक सुनिल थापाको कमाण्डमा टोली खटिएको र कुदु प्रहरी चौकीका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए ।

प्रकाशित मिति : २०८० असोज ३० गते मंगलबार