सुर्खेत । जाजरकोटको शिवालय गाउँपालिकाको वडा नम्बर ९ मा पहिलो पटक बिजुली पुगेको छ । सोलारका भरमा जीवनयापन गर्दै आएको सो वडामा बिहीवार पहिलो पटक बिजुली पुगेको हो । वडामा ५० केभीए ट्रान्सफर्मर राखेर विद्युत् सेवा शुरु गरिएको वडाध्यक्ष दीपक खड्काले जानकारी दिए ।
विद्युत् प्रशारण भएसँगै बिहीवार एक कार्यक्रमकाबीच ट्रान्समिटरमा बत्ती बालेर वडाध्यक्ष खड्काले विद्युत् लाइनको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै उनले जनतासँग गरेका विभिन्न प्रतिवद्धता मध्येको एक प्रतिवद्धता पुरा गरेको बताए ।
गाउँमा विद्युत सेवा पुगेपछि वडाबासीहरुमा खुशियाली छाएको छ । उनीहरुले बल्ल स्थानीय सरकारको अनुभूति गर्न पाएको प्रतिक्रिया दिएका छन् । विजुली पुगेपछि अब भने धेरै काममा राहत मिल्ने छ ।





प्रकाशित मिति : २०८० मंसिर ८ गते शुक्रबार