२०८३ वैशाख १३ , आइतबार

जीप दुर्घटना : आठ जना घाइते



सुर्खेत । मुगुमा जीप दुर्घटना दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । शुक्रबार बिहान सोरु गाँउपालिका–६ सोरुकोटबाट सदरमुकाम गमगढीतर्फ जाँदै गरेको लु १ ज ४८१० नम्बरको जीप सोरु गाँउपालिका–८ कच्चेमा दुर्घटना हुँदा ८ जना घाइते भएका हुन् ।

घाइतेमध्ये चालकको टाउकोमा चोट लागेकाले गम्भीर अवस्था रहेको र अन्य ७ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएकाे छ । घाइतेहरुको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मुगु प्रहरी नायव उपरीक्षक एवम् डिएसपी विरेन्द्र थापाले जानकारी दिए । जीपको व्रेकफेल हुँदा सडकबाट ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० मंसिर ८ गते शुक्रबार