
दैलेख । नेकपा (एमाले) चामुण्डाविन्द्रासैनी नगर कमिटी ‘झुलाघाट–चिवाभञ्ज्याङ ः समृद्धिका लागि सङ्कल्प यात्रा’ सफल पार्न जुटेको छ । नगर कमिटीले बृहत पार्टी कार्यकर्ता भेला गरेर अभियानमा नागरिक उपस्थितीलाई बढाउन जुटेको हो । एमाले चामुण्डाविन्द्रासैनी नगर कमिटीको बृहत पार्टी कार्यकर्ता भेलाले सबै पार्टी पङ्क्तीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वागत जुट्ने सङ्कल्प गरेको छ ।
पार्टी स्थायी कमिटी सदस्य, कर्णाली प्रदेश सभा प्रतिपक्ष दलका नेता एवम् दैलेख जिल्ला ईन्चार्ज यामलाल कँडेलको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै नेता कँडेलले आगामी मंसिर १४ गते देखि सुरू हुने ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ सफल पार्न नगर पार्टी कमिटीलाई परिचालन गरि सडकमा हजारौ पार्टीका कार्यकर्ता स्वागतमा उतार्ने निर्देशन दिए ।
एमालेका अध्यक्ष केपी शर्मा ओली आउने उक्त कार्यक्रमलाई सफल बनाउने काममा लाग्न भेलामा उनले नगरमा रहेको सबै पार्टीका नेता र कार्यकर्तालाई निर्देशन दिए । ‘पार्टीको केन्द्रीय नेतृत्वसहित समृद्ध नेपालका लागि सङ्कल्प यात्रा आगामी मंसिर १४ गते शुरु हुदैंछ । त्यसलाई सफल पार्न यात्राको रुढ पर्ने स्थानीय तहका पार्टी कमिटिहरुलाई पूर्णरुपमा परिचालन गर्नतर्फ केन्द्रीत हुन जरुरी भएको बताए ।




