
दैलेख । नेकपा एमालेका स्थायी कमिटी सदस्य यामलाल कँडेलले गठबन्धनको सरकारले जनतालाई निरास बनाएको आरोप लगाएका छन् । नेकपा एमालेले थालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङ्गसम्मको पुष्पालाल (मध्यपहाडी) लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा सफल पार्न एमाले ठाँटीकाँधले दैलेखले आयोजना गरेको पार्टी कार्यकर्ता भेलामा बोल्दै नेता कँडेलले यस्तो बताएका हुन् ।
उनले भने ‘गठबन्धनको सरकारले जनतालाई निरास बनाएको छ, संविधान विपरीत काम गरेको छ, त्यसलाई आधार बनाएर गणतन्त्रको विरुद्ध मानिसहरू सडकमा निस्की रहेका छन्, यस्तो बेला नेकपा एमाले प्रतिपक्षमा छ भनेर चुप लागेर बस्ने कुरा रहेन नेकपा एमालेले के तय गर्यो भने अबको यात्रा समृद्धिको यात्रा हो,
उनले थपे ‘राजनीतिक व्यवस्था आइसक्यो, संविधान ल्याइसक्यो, गणतन्त्र ल्याइसक्यो, अबको यात्रा समृद्धिको यात्रा भएको हुनाले जसले भरोसा दिन सक्छ त्यसलाई आज नभए पनि भोलि जनताले त्यही पार्टीलाई विश्वास गर्न भएको हुनाले जनतालाई विश्वास सिर्जना गर्न आत्म विश्वास सिर्जना गर्न निम्ति प्रतिकुल मौसमका बावजुत, प्रतिकुल उमेरका बावजुत हाम्रो पार्टीको अध्यक्ष यो यात्रा गर्न लाग्नु भएको हो ।’
उनले देशको विकास, सुशासन र समृद्धिको यात्रा एमालेबाट सम्भव भएको विश्वास दिलाउन जनताको घर आगनमा एमाले आएको बताए । त्यस्तै, नेता कँडेल भने ’एमालेमा कुनै गुटउपगुट छैन, हाम्रा सर्वमान्य नेता केपी ओली हुन्, हामीले तल छुट्टै गुटउपगुट बनाउनु हुँदैन, यसले पार्टी कमजोर हुन्छ, बलियो पार्टी निमार्णमा हामी सबैको साथ र सहयोग आवश्यक रहन्छ,
नेता बनाउन र बन्न मात्रै नभई जनताको सेवामा लाग्नुपर्छ भन्ने भावले तपाई हामी नेता कार्यकर्ताले बुझेर हामी माझ भएका विरोधहरूको अन्त्य गर्नुपर्छ ।’ नेता कँडेलले भावी दलिनहरूमा जनताको रोजाईको पार्टी बनाउन एकजुट भएर अगाडि बढ्नु पर्ने उल्लेख गरे ।