
सुर्खेत । छिन्चु जाजरकोट सडकखण्ड अन्तरगत सुर्खेतको सिम्ता गाउँपालिका–६ खहरे खोला नजिकै फोर्स गाडीले अटोलाई ठक्कर दिँदा ४ जना घाइते भएका छन् । जाजरकोटबाट नेपालगञ्जतर्फ आउँदै गरेको लु २ ख ६४७९ नम्बरको फोर्स गाडीले राकमबाट जामुने बजारतर्फ जाँदै गरेको प्रदेश ०२००१ ह ०७८८ नम्बरको अटोलाई शनिवार दिउँसो १२ः३१ बजेको समयमा ठक्कर दिँदा अटो सवार ४ जना घाइते भएका हुन् ।
घाइते हुनेहरुमा सिम्ता गाउँपालिका–६ बस्ने वर्ष १७ कि सुस्मा विक, सोही ठाउँकै वर्ष १२ कि करिश्मा विक, वर्ष १२ कि उर्मिला विक र वडा नम्बर ५ कि वर्ष २५ कि सुशिला योगी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत प्रहरी निरीक्षक देवेन्द्र सिं बुढाथोकीले जानकारी दिए ।
उनकाअनुसार फोर्स गाडीले अर्काे गाडीलाई आभरटेक गर्न खोज्दा विपरीत दिशाबाट आएको अटोसँग ठोक्किन पुगेको हो । फोर्स गाडीका चालक जाजरकोटको भेरी नगरपालिका–२ बस्ने वर्ष २२ का विनोद रोकाय प्रहरीको नियन्त्रणमा रहेका छन् भने अटो चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।