२०८३ वैशाख १४ , सोमबार

बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु



सुर्खेत । चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

शनिबार साँझ माडी नगरपालिका– १ बरुवास्थित चिताई खोलाको पुलमा लु.२च २५०८ नम्बरको बोलेरोले बागमती प्रदेश ०६००१प ४०९३ नम्बरको मोटरसाइकलालाई ठक्कर दिँदा मोटरसाइकलचालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकलपछाडि सवार शिक्षक बेगबहादुर खत्रीको मृत्यु भएको हो ।

अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते छन् । तीनैजना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत हुन् । बेलेरोको ठक्करबाट गम्भीर घाइते भएका खत्रीको बगौडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अधिकारीको भरतपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

मृतक अधिकारी माडी नगरपालिका– १ निवासी र खत्री सुर्खेतको सिम्ता गाउँपालिका– ३ आग्रिगाउँ निवासी हुन् । दुर्घटनामा घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८० मंसिर २४ गते आइतबार