२०८३ वैशाख १४ , सोमबार

हुम्लाका दुई पालिकामा आज सार्वजनिक बिदा



सुर्खेत । हुम्ला जिल्लाको दुइ पालिकामा आज सार्वजनिक बिदा छ । सदरमुकाम समेत रहेको सिमकोट र उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको हो ।

यी पालिकामा बसोवास गर्ने लामा समुदायले मनाउने लोसार पर्व र तोङ्तरी ल्होसार परेकोले आज सार्वजनिक बिदा दिइएको नाम्खा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार बौद्ध धर्मालम्बीहरू भोटे लामा समुदायहरुले मनाउने २१५१ को सोनाम ल्होसारको अवसरमा बुधबार र बिहीबार गरी दुई सार्वजनिक बिदा दिइएको छ । यो निर्णय गाउँ कार्यपालिकाको बैठकले गरेको हो । सार्वजनिक बिदामा गाउँपालिका, स्वास्थ्य तथा शिक्षण संस्था पुर्ण रुपमा बन्द रहनेछन् ।

प्रकाशित मिति : २०८० मंसिर २७ गते बुधबार